साहित्यकार प्रकट पंगेनी ‘शिव’ को निधन

१ हप्ता अगाडि

काठमाडौं -  साहित्यकार तथा गीतकार प्रकट पगेनी ‘शिव’को निधन भएको छ ।

निमोनियाका कारण स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा भर्ना गरिएको उनको मंगलबार दिउँसो निधन भएको हो । प्रकट कविता, गीतसहित शृंगारिक गजलमार्फत् प्रख्यात थिए । शिवको उपचारका लागि समस्या भएपछि आर्थिक संकलन अभियानसमेत थालिएको थियो ।

उनका कविता, गजलका किताब प्रकाशित छन् । ‘तगारो छेउ आएर पनि आँगनी टेकिनौ’जस्ता गीत चर्चित छन् । शिवको वास्तविक नाम ‘शिवराज पंगेनी हो। उनका ‘यो मन कतै अल्झेको छ’, ‘जुनको चिठी जुनालाई’लगायतका कृति प्रकाशित छन्। शिवका गजल, गीतसहित कविता, कथा, लेख, मुक्तक आदि पनि प्रकाशित छन्। २०३९ सालमा भएको नाटक महोत्सवमा उनले सर्वोत्कृष्ट अभिनेताको पुरस्कार पाएका थिए। उनको अन्त्येष्टि बुधबार दिउँसो गरिने पारिवारिक स्रोतले जनाएको छ। त्यसअघि शवयात्रा गरिनेछ।

१ हप्ता अगाडि

प्रतिक्रिया