देव गुरुङको नेतृत्वमा माओवादीको जम्बो टोली चीन प्रस्थान

१ हप्ता अगाडि

 काठमाडौं – नेकपा माओवादी केन्द्रका दुई दर्जन नेता चीन प्रस्थान गरेका छन् ।   महासचिव देव गुरुङको नेतृत्वमा उनीहरु आज बिहान र दिउँसो दुई वटा उडानबाट २० मीनेटको अन्तरमा सिचुआन प्रान्तको छन्तु प्रस्थान गरेका हुन ् ।

सिचुआन एअरलाइन्सको उडान नम्बर ३ यु ३९०२ मा पौने १२ बजे १५ जना र १२ः०५ बजे एअर चाइनाको उडान नम्बर सिए ०४३८ मा नौ जनाको यात्रा प्रबन्ध मिलाइएको थियो । सिचुआन एअरलाइन्सको उडानमा महासचिव गुरुङ,अमृता थापा,परशुराम तामाङ, कमला रोका,अगष्तराज अधिकारी, विकास ढकाल,देवकी कार्की र विमला केसी जान लागेका हुन् । 

सोही उडानमा जगत बिएस,गीता गहतराज,ईश्वरचन्द्र ज्ञवाली,गायत्री गुरुङ,दिपेन्द्र रोकाया,गणेश शाही र देवेन्द्रकुमार यादव पनि छन् ।

मध्यान्ह १२ः०५ बजेको एअर चाइनाको उडानमा भने कृष्णकुमार अधिकारी,ओमनाथ ढुंगाना,प्रतिक कार्की,प्रकाशचन्द्र पाण्डेय,राजन पौडेल,रोशन रिमाल,मणिकुमार साम्पाङ,रुपा महर्जन श्रेष्ठ र सावित्राकुमारी शर्मा छन्तु  प्रस्थान गरेका हुन् ।

बैशाख १५ गतेसम्म चीनमा रहने टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा महासचिव गुरुङका स्वकीय सचिव नवराज थापासहित पाँच जनाले बिदाई गरेका थिए । 

 उनीहरूलाई चिनियाँ कम्युनिस्ट पार्टीको बिदेश बिभागले निम्तो दिएको हो । टोली बेइजिङ्ग,माओको जन्मथलो हुनान,क्वेइचौ,खुन्मिङ्ग हुँदै फर्कनेछ ।

१ हप्ता अगाडि

प्रतिक्रिया