आजको मौसम: केही स्थानमा सामान्य वर्षा बाहेक देशभरको मौसम सफा

१ हप्ता अगाडि

काठमाडाैं -आज केही स्थानमा सामान्य वर्षा हुने बाहेक देशभरको मौसम सफा रहने भएको छ । हाल नेपालमा पश्चिमी वायु र स्थानीय  वायुको आंशिक प्रभाव रहेको  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ  । जसको प्रभावले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी  र गण्डकी प्रदेशमा साधरणतया बदली रहेको छ।

दिउँसो गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशको पहाडी भूभागको थोरै स्थानहरू तथा बागमती, गण्डकी र कर्णाली  प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । 


देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा वर्षासँगै हिमपातको सम्भावना पनि रहेको छ। लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराईका केही स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।
 

१ हप्ता अगाडि

प्रतिक्रिया