सवारी दुर्घटनामा परी आठ चिनियाँ पर्यटक घाइते

१ हप्ता अगाडि

काठमाडौँ - पोखरामा आज बिहान भएको दुर्घटनामा परी आठजना चिनियाँ पर्यटक घाइते भएका छन् ।

पोखराको राष्ट्र बैंक चोकमा एक माइक्रोबस र स्कार्पिओ गाडी एकापसमा ठोक्किँदा माइक्रोबसमा सवार १३ जना चिनियाँ पर्यटकमध्ये आठजना घाइते भएका जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक मोहनकुमार थापाले जानकारी दिए । ड्यामसाइडबाट रत्नचोकतर्फ जाँदै गरेको बा १३ च ५१३ नम्बरको स्कार्पियो र लेकसाइडबाट मुस्ताङचोक तर्फ आइरहेको बा १ प ८५१ नम्बरको माइक्रोबस ठोक्किएका हुन् ।

घाइते पर्यटकको गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको कास्की प्रहरीले जनाएको छ । घाइते सबैको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । प्रहरीले दुवै सवारीका चालकलाई नियन्त्रणमा लिइएको जनाएको छ ।

१ हप्ता अगाडि

प्रतिक्रिया