लागू औषधसहित दुई जना पक्राउ

१ हप्ता अगाडि

काठमाडौं - प्रहरीले २३२ ग्राम खैरो हेरोइन र नाइट्रोभेट ७४९ ट्याब्लेटसहित दुई जनालाई नियन्त्रणमा लिएको छ ।

लागूऔषध नियन्त्रण ब्युरोले ललितपुर–१४ बिशालाचोकबाट पाँचथर, फालेलुङ गाउँपालिका–५ बस्ने ३५ वर्षीय राजु थाम्सुहाङ र काठमाडौँको गोकर्णेश्वर–५ जोरपाटीबाट रामेछाप उमाकुण्ड गाउँपालिका–७ बस्ने २१ वर्षीय दिनेश सुनुवारलाई नियन्त्रणमा लिएको हो ।

प्रहरी उपरीक्षक एवम् प्रवक्ता रामेश्वर कार्कीले थाम्सुहाङका साथबाट लागूऔषध खैरो हेरोइन २३ ग्राम, नगद एक लाख ८० हजार र डिजिटल तराजु एक थानसहित पक्राउ गरिएको जानकारी दिए । थाम्सुहाङलाई यस ब्युरोबाट थप अनुसन्धान भइरहेको छ ।

त्यस्तै सुनुवारका साथबाट लागूऔषध मनोद्दिपक पदार्थ नाईट्रोभेट ७४९ ट्याब्लेटसहित पक्राउ गरी थप अनुसन्धान भइरहेको एनको भनाइ छ ।
 

१ हप्ता अगाडि

प्रतिक्रिया