बस र सुमो एकापसमा ठोकिदाँ सात घाइते

१ हप्ता अगाडि

काठमाडौँ - काभ्रेपलान्चोकको नमोबुद्ध नगरपालिका - २ बेलामा आज बिहान भएको सवारी दुर्घटनामा सात जना यात्रु घाइते भएका छन् ।

जिल्लाको भकुण्डेबाट धुलिखेल आउँदैगरेको बा ३ ख ८१५५ नम्बरको बस र धुलिखेलबाट भकुन्डेतर्फ जाँदैगरेको ना १ ज ४३७७ नम्बरको सुमो एकापसमा ठक्कर खाई दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ । 

दुर्घटनामा सुमोमा सवार १० जनामध्ये चालकसहित सात यात्रु घाइते भएका छन् । दुर्घटनाका घाइतेहरूको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनामा महोत्तरीको बर्दिबास बस्ने वर्ष ५२ की रासुदेवी महरा, महोत्तरी बर्दिबास बस्ने वर्ष ४८ कि सुमिन्द्रदेवी, महोत्तरी ३ बस्ने ३९ की दुर्गा बराइली, सर्लाही, लालबन्दी बस्ने ३५ वर्षकी सबिना थपलिया, सर्लाही लालबन्दी बस्ने सविना थपलियाको छोरी वर्ष ८ की सन्हया थपलिया,  महोत्तरीका सुमन बिक र चालक जिल्ला धनुषा यज्ञभुमि नगरपालिका- ८ बस्ने वर्ष ५५ को बिषेश्वर बुर्गामगर घाइते हुनुभएको प्रहरीले जनाएको छ । 
 

१ हप्ता अगाडि

प्रतिक्रिया