वर्षाका कारण पाकिस्तानमा ७१ जनाको मृत्यु

१ हप्ता अगाडि

काठमाडौँ - पाकिस्तानका विभिन्न क्षेत्रमा भारी वर्षा र चट्याङका कारण गत शनिबारदेखि ७१ जनाको मृत्यु भएको छ भने अन्य ६७ जना घाइते भएका छन्।

उत्तरपश्चिमी खैबर पख्तुनख्वा प्रान्त सबैभन्दा बढी प्रभावित क्षेत्र थियो जहाँ छत खस्ने र चट्याङका घटनाहरू सहित विभिन्न घटनाहरूमा ३२ जनाको ज्यान गएको थियो। बुधवार एक सूचना जारी गर्दै अप्रिल १७ देखि अप्रिल २९ सम्म देशमा भारी वर्षा र हुरीबतास हुने सम्भावना रहेको जनाएको छ।

१ हप्ता अगाडि

प्रतिक्रिया