जन्ती बस दुर्घटनामा बेहुला पनि घाइते

१ हप्ता अगाडि

काठमाडौँ - सिन्धुपाल्चोकको पिस्करमा भएको जन्ती बस दुर्घटनामा ज्यान गुमाउने तीनै जनाको घटनास्थलमै मृत्यु भएको छ भने दुर्घटनामा बेहुला सुशील थामी पनि घाइते भएका छन्।

मृत्यु हुनेमा दोलखा जिल्ला भिमेश्वर नगरपालिका- १ का १९ वर्षीय दिपेन्द्र थामी, १८ वर्षीय शिव श्रेष्ठ र ७० वर्षीय मानबहादुर थामी छन्। मृतक तीनै जनाको शव पोष्टमर्टमको लागि दोलखास्थित जिल्ला अस्पताल लग्ने तयारी गरिरहेको छ। शुक्रबार बिहान साढे ७ बजे भएको बा ४ ख ५६१६ नम्बरको बस दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी निरञ्जन भट्टराईका अनुसार ५५ जना जन्ती बोकेर दोलखाबाट दुलही लिन पिस्कर हिडेको बस दुर्घटना भएको हो। दुर्घटनामा घाइते ५२ जनामध्ये ७ जनाको अवस्था गम्भीर छ।
 

१ हप्ता अगाडि

प्रतिक्रिया