हलेसी तुवाचुङले इन्जिनियरिङ पढ्न एक लाख छात्रवृत्ति

१ हप्ता अगाडि

काठमाडौँ - खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले इन्जिनियरिङ पढ्न दुई जनालाई जनही एक लाख प्रदान गरेको छ। 

नगरपालिकाले वडा नं- ४ बडहरेका विकेश सिलवाल र वडा नं- ६ मंगलटारका हेमन राईलाई उक्त रकम प्रदान गरेको हो। नगरपालिकाले रोजगारमूलक गुणस्तरीय शिक्षामा जोड दिएको छ। नगरपालिकाभित्रका छात्रछात्रालाई प्राविधिक विषय अध्ययन गर्न प्रोत्साहन रकम उपलब्ध गराउने व्यवस्था कार्यान्वयनमा ल्याइएको छ ।

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि नगरपालिकाको मातहतमा प्रश्नपत्र बनाउने र उत्तरपुस्तिका परीक्षण गरी नतिजा प्रकाशन सुरु गरिएको थियो। शैक्षिकसत्र २०८०\८१ मा कक्षा ४ देखि ९ सम्म नगरपालिकाका सबै सामुदायिक विद्यालयबाट दुई हजार सात सय पाँचजना विद्यार्थी परीक्षामा सहभागी भएका थिए। यसमध्ये एक हजार ९९ विद्यार्थी उत्तीर्ण भएका छन्।

१ हप्ता अगाडि

प्रतिक्रिया