वीरगन्जमा अवैध कपडा बरामद

१ हप्ता अगाडि

काठमाडौँ - पर्सा प्रहरीले ठूलो परिमाणमा भन्सार राजस्व छली वीरगन्जको आदर्शनगरस्थित  दुईवटा गोदामबाट एक करोड २० लाख रुपैयाँ मूल्य बराबरको पाइन्ट, सर्ट तथा सर्टिङरसुटिङको कपडा बरामद गरेको छ ।

प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाका अनुसार बिहीबार करिब ३ बजेको समयमा प्रहरीले तुल्स्यान मार्केटमा कोठा भाडामा लिइ भारतबाट अवैध रुपले भन्सार राजस्व छली तस्करी मार्फत विभिन्न कपडा ल्याइ भण्डारण गरेको सूचनाको आधारमा छापामारेको थियो । पर्सा प्रहरी प्रवक्ता समेत रहेका थापाले वीरगन्ज महानगरपालिका – ६ निवासी ४४ वर्षीय रामएकबाल कुशवाहाको गोदामबाट करिब ४० लाख रुपैयाँ र वीरगन्ज–१६ निवासी २४ वर्षीय आकाशकुमार गुप्ताको गोदामबाट करिब ८० लाख रुपैयाँ बराबरको सर्टिङ सुर्टिङ तथा पाइन्ट र सर्टको कपडा बरामद भएको हो । बरामद गरिएका कपडा थप कारबाहीका लागि शुक्रबार वीरगन्ज भन्सार कार्यालयमा पठाइएको थापाले बताए ।
 

१ हप्ता अगाडि

प्रतिक्रिया