त्रिभुवन विमानस्थलबाट सुन बरामद

१ हप्ता अगाडि

काठमाडौँ - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रहरीले करिब ८५० ग्राम सुन बरामद गरेको छ । 

भारतीय महिला सहिना प्रभिनको साथबाट प्लास्टिकले कभर गरेको अवस्थामा सुन बरामद गरिएको विमानस्थल सुरक्षा कार्यालयका एसएसपी कृष्णहरि शर्माले  बताए । अन्डरवेयरभित्र लुकाएर ल्याएको अवस्थामा आगमन टनेल गेटबाट उनी सुन सहित पक्राउ परेकी हुन् । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । 
 

१ हप्ता अगाडि

प्रतिक्रिया