आजको मौसम : अधिकांश बाहेक सबै स्थानमा मौसम सफा

१ हप्ता अगाडि

काठमाडाैं - आज केही स्थानमा बाहेक अन्य स्थानमा मौसम सफा रहने भएको छ ।  जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान् महाशाखाका अनुसार हाल देशका पहाडी भू(भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने भएको हो ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती, गण्डकी, कर्णाली र सुदुरपश्चिम प्रदेशको पहाडी भू(भागका एक(दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। त्यस्तै कोशी,  बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू- भागका एक(दुई स्थानमा वर्षारहिमपातको सम्भावना रहेको छ।

महाशाखाका अनुसार आज राति कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू.भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको पनि महाशाखाले बुलेटिन जारी गरेर जानकारी दिएको छ।

१ हप्ता अगाडि

प्रतिक्रिया