पाल्पामा जन्ती बोकेको जिप दुर्घटना

१ हप्ता अगाडि

काठमाडौँ - पाल्पामा  जन्ती बोकेको जिप दुर्घटनामा परेर १० जना घाइते भएका छन् ।

जसमध्ये एक जनाको अवस्था गम्भीर रहेको छ । पाल्पाको निस्दी–३, खाँदरमा जिप दुर्घटना हुँदा १० जना घाइते भएको प्रहरीले जनाएको छ । शुक्रबार राति लु १ ज २५३५ नम्बरको जिप जन्ती लिएर निस्दी खाँदरबाट सहलकोटतर्फ जाने क्रममा सो दुर्घटना भएको हो । भित्री कच्ची सडकमा दुर्घटना हुँदा जिपमा सवार १७ जनामध्ये १० जना घाइते हुन पुगेका थिए । घाइतेहरूको उपचारका लागि रामपुर अस्पतालमा पठाइएको छ ।सो जिपका चालक फरार रहेकाले खोजी कार्य जारी राखिएको छ । 

१ हप्ता अगाडि

प्रतिक्रिया