युक्रेन, इजरायल सुरक्षाका लागि १२६ खर्ब ६० अर्ब ७६ करोड  अमेरिकाको  सहायता

१ हप्ता अगाडि

एजेन्सी- युक्रेन इजरायल र इन्डो प्यासिफिक सुरक्षाका लागि संयुक्त राज्य अमेरिकाले १२६ खर्ब ६० अर्ब ७६ करोड  सहयोग गर्ने भएको छ ।
शनिबार (बैशाख ८ गते) बसेको संसद (हाउस अफ रिप्रिजेन्टेटिभ) बैठकले ९५ विलियन डलर  अर्थात् १२६ खर्ब ६० अर्ब ७६ करोड रुपैयाँ बराबरको युद्ध सहायता पास गरेको हो ।

२ देश र एक सुरक्षा निकायलाई ९५ विलियन डलरको सहायता पास गरेको अमेरिकी समाचार संस्था सीएनएनले उल्लेख गरेको छ । अमेरिकी संसदले पास गरेको सहायतामा सबैभन्दा धेरै युक्रेनलाई ६१ विलियन डलर ८१ खर्ब २९ अर्ब ५४ करोड रुपैयाँ बराबरको युद्ध सहायता गर्ने भएको हो । अमेरिकी संसदहरुमध्ये ३ सय ११ जना युक्रेनलाई सहयोग गर्नुपेर्छ भन्ने पक्षमा उभिएका थिए, भने १ सय १२ जना विपक्षमा उभिएका थिए ।

युक्रेनलाई सन् २०२२ देखी रसियाले लगातार आक्रमण गरिरहेको छ । युद्ध सुरु भएको तीन वर्ष पुग्नै लाग्दा रसियाले युक्रेनको अधिकाँस भुभाग कब्जामा लिइसकेको छ । पछिल्लो समय रसियाले युक्रेनलाई ठूलो आक्रमण गरिरहेको छ । सो आक्रमणबाट युक्रेनले युद्ध हार्न सक्ने र यसको असर स्वरुप तेस्रो विश्व युद्धको सुरुवात हुने युक्रेनका राष्ट्रपति भ्लादमिर जेलेनस्कीले बताएका थिए । राष्ट्रपति जेलेनेस्कीको चेतावनीपछि ढिलैगरी भएपनि अमेरिकाले युद्ध सहायात पठाउने निर्णय गरेको हो ।

अब अमेरिकाले युक्रेन सुरक्षाका लागि शक्तिशाली हतियार, हवाई प्रतिरक्षा प्रणाली उपलब्ध गराउँनेछ । जसबाट युक्रेनले आफ्नो सुरक्षासँगै रुसमाथिको आक्रमणलाई समेत तिब्रता दिनेछ ।  रसिया युक्रेनको युद्धमा १ लाख भन्दाबढी मानिसहरुले ज्यान गुमाइसकेका छन् ।

 

१ हप्ता अगाडि

प्रतिक्रिया