जापानकी विदेशमन्त्री योको २३ गते काठमाडौं आउने

शुक्रबार, २१ बैशाख २०८१, १७ : ५५

काठमाडौँ - जापानकी विदेशमन्त्री खामिखावा योको एक दिने नेपाल भ्रमणमा वैशाख २३ काठमाडौँ आउने भएकी छन् । 

विदेशमन्त्री खामिखावाले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ता गर्ने परराष्ट्रले जानकरी दिएको छ । उनले सोहि दिन उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठसँग दुइपक्षिय भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । जापानी विदेशमन्त्री नेपाल आउन लागेको सन् २०१९ पछि पहिलो पटक हो ।  विदेशमन्त्री खामिखावा सोहि दिन भ्रमण पुरा गरेर स्वदेश फर्किने मन्त्रालयले जनाएको छ ।

शुक्रबार, २१ बैशाख २०८१, १७ : ५५

प्रतिक्रिया