गाईको दूधमा बर्डफ्लु

१ हप्ता अगाडि

काठमाडौँ - अमेरिकामा काँचो दूधमा बर्डफ्लु धेरै बढी मात्रा मा भेटिएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) का अनुसार यो ‘एच५एन१’ भाइरस हो, जुन पहिलो पटक सन् १९९६ मा देखा परेको थियो । 

सुपर मार्केटहरूमा बिक्री हुने पाश्चराइज्ड दूध सुरक्षित छ किनभने यो एक विशेष प्रक्रियाबाट जान्छ, जसले हानिकारक बर्डफ्लु लाई मार्छ । यस प्रविधिमा दूधलाई उच्च तापक्रममा तताएर छिट्टै चिसो गरी प्याक गरिन्छ । यस प्रक्रियाले दूधलाई लामो समय सम्म स्वस्थ राख्छ । साथै, यो प्रविधिले स्वास्थ्यका लागि हानिकारक ब्याक्टेरियालाई पनि नष्ट गर्छ । यस विधिमा तरल पदार्थलाई तताएर त्यस भित्रका ब्याक्टेरिया, फङ्गस, भाइरस आदि सूक्ष्म जीव नष्ट गरिन्छ ।

‘एच५एन१’ सङ्क्रमण अहिले बिरालो, मानिस, चमेरो, स्याल, मिन्क्स र पेङ्गुइन जस्ता स्तनधारी जनावरहरूमा पनि (बर्डफ्लु) फैलिएको छ । यस महिनाको सुरुमा गाईमा पनि यसको सङ्क्रमण पाइयो । संयुक्त राष्ट्र को एउटा प्रतिवेदन अनुसार टेक्सास, कान्सास, मिशिगन, न्यू मेक्सिको, इडाहो, ओहायो, नर्थ क्यारोलिना र साउथ डकोटा लगायत अमेरिकाका आठ राज्यका डेरी फार्मका जनावरहरूमा ‘एच५एन१’ सङ्क्रमण भेटिएको छ, जसको अनुसन्धान भइरहेको छ ।

अहिले सम्मको अध्ययनले यो भाइरस चराबाट गाई, गाईबाट गाई र गाईबाट चरा मा सर्न सक्छ । यसले देखाउँछ कि यो भाइरस फैलिने मार्गहरू पहिले बुझिएको भन्दा फरक हुन सक्छ ।अनुसन्धानकर्ताहरूले अमेरिकाका विभिन्न राज्यहरूमा धेरै गाईका बथानहरू यस भाइरसबाट प्रभावित भएको पत्ता लगाएका छन् । साथै सङ्क्रमित गाईको काँचो दूधमा पनि यो भाइरसको ठूलो मात्रा पाइएको छ । 
 

१ हप्ता अगाडि

प्रतिक्रिया