गोरखामा वीरेन्द्रताल फुटेको आशंका

२ हप्ता अगाडि

काठमाडौँ - हिम पहिरोका कारण गोरखाको चुमनुब्री गाउँपालिकामा रहेको वीरेन्द्रताल फुटेको आशंका गरिएको छ ।

चुमनुब्री गाउँपालिका- १ मा अवस्थित उक्त तालमा आइतबार बिहान पौने नौ बजे तालमा ठूलो हिमपहिरो झरेको स्थानीयले जनाएका छन् । हिमपहिरोका कारण बूढीगण्डकीमा पानीको बहाव उच्च भएको छ भने गृह मन्त्रालयले तल्लो तटीय क्षेत्रमा रहेका बासिन्दालाई सतर्क रहन आग्रह गरेको छ । ताल फुटेको वा पहिरोका कारण ताल ओभरफ्लो भई पानी बगेको यकीन भने भइसकेको छैन ।

ताल फुटेपछि गण्डकीमा पानीको बहाव दोब्बर नै भएको छ । हालसम्म बाढीले एउटा काठेपुल बगाएको जानकारी प्राप्त भएको र थप क्षतिबारे बुझ्न प्रहरी त्यसतर्फ लागेको जनाइएको छ । मनास्लु बेसक्याम्प, वीरेन्द्र ताल अवलोकन गर्न पर्यटक त्यसतर्फ गएको हुन सक्ने आशंका गरिएको छ । मनास्लु ग्लेसियरबाट आउने पानी जम्मा भएको वीरेन्द्र ताल फुट्दा चुमनुब्रीलगायत धार्चे गाउँपालिकामा पनि जोखिम बढेको छ ।

२ हप्ता अगाडि

प्रतिक्रिया