९ महिनामा २ खर्बको पेट्रोलियम पदार्थ आयात

१ हप्ता अगाडि

काठमाडौँ - चालु आथिक वर्षको को पहिलो ९ महिना नेपालले २ खर्ब १० अर्ब १० करोड ३६ लाख ५० हजार बराबरको पेट्रोलियम पदार्थ आयात गरेको छ । 

गत आर्थिक वर्षको सोही अवधिमा २ खर्ब २३ अर्ब १५ करोड ९४ लाख ३ हजार बराबरको पेट्रोलियम पदार्थ आयात भएको थियो । चालु आवमा पेट्रोलियम पदार्थ आयातबाट सरकारलाई ७८ अर्ब ८२ करोड ६२ लाख १४ हजार राजस्व संकलन भएकोे छ । गत आर्थिक वर्षको सोही अवधिमा सरकारले ७५ अर्ब ५ करोड ४३ लाख ८३ हजार राजस्व संकलन गरेको थियो । 

भन्सार विभागका अनुसार चालु आवको नौ महिनामा ५० अर्ब २५ करोड ३९ लाख १८ हजार बराबरको ५ लाख ६ हजार १५९ किलो लिटर पेट्रोल आयात भएको छ । जसवाफत सरकारलाई १८ अर्ब ९५ करोड ४७ लाख १९ हजार रुपैयाँ राजस्व प्राप्त भएको छ । नौ महिनामा १ खर्ब ३ अर्ब २२ करोड ८४ लाख १५ हजार  बराबरको ९ लाख ८६ हजार ९५० किलो लिटर डिजेल आयात भएको छ। डिजेल आयातमा सरकारलाई ३९ अर्ब ९८ करोड १२ लाख ४२ हजार  राजस्व प्राप्त भएको छ । 

यसैगरी, एलपी ग्यासमा ४१ अर्ब ७६ करोड ४६ हजार रुपैयाँ बाहिरीएको विभागको तथ्यांकले देखाएको छ । नौ महिनामा ३९ करोड २३ लाख ६ हजार ३०२ किलो एलपी ग्यास आयात भएको हो । जसवापत सरकारलाई ७ अर्ब ६४ करोड ९५ लाख ३० हजार रुपैयाँ राजश्व सरकालाई बुझाइएको छ । हवाई इन्धनमा १५ अर्ब ६१ करोड ३७ लाख रुपैयाँ बाहिरिएको छ । गत पाँच महिनाको अवधिमा १ लाख ४५ हजार ७२६ किलो लिटर हवाई इन्धन आएको छ । जसवापत सरकारलाई २ अर्ब २४ करोड ७ लाख २३ हजार राजस्व आएको छ ।

१ हप्ता अगाडि

प्रतिक्रिया