पिंक केयरएथन सम्पन्न

२ हप्ता अगाडि

काठमाडौँ - लिजर पोर्ट नेपाल प्रालि ले नेपाल प्रहरी पत्नी संघसँगको सहकार्यमा पिंक केयरएथन सफलतापूर्वक सम्पन्न गरेको छ ।

शनिबार महाराजगन्ज प्रहरी प्रधान कार्यालयमा उक्त कार्यक्रम भएको हो। यस कार्यक्रमले सबै उमेर समूहका सहभागीहरूबिच स्फूर्तिदायी गतिविधिहरू मार्फत महिला स्वास्थ्य र सशक्तीकरणको लागि आफ्नो आवाज उठाएको थियो। कार्यक्रम जुम्बा सत्रसंग सुरु भई, वाक र रनमा अघि बढेको थियो । ३ किमी, ५ किमी, र १० किमीको दूरीमा राखिएको यात्राले विभिन्न फिटनेस स्तरका सहभागीहरूलाई समावेश गर्दै र उत्साह सुनिश्चित गरेको थियो।

प्रसिद्ध भारतीय अभिनेता र मोडल जय भानुशालीले काठमाडौं पिंक केयर एथनको २०२४ संस्करणको सञ्चालन गरेका थिए। जसले कार्यक्रममा थप उत्साह र रोमाञ्चकता थपेको थियो। प्रत्येक सहभागीले टिसर्ट र  फिनिशर पदक प्राप्त गरे भने प्रत्येक विधामा उत्कृष्ट प्रदर्शन गर्नेहरूलाई उचित पुरस्कार पनि दिइएको थियो। काठमाडौं पिंक केयरएथन स्तन क्यान्सर सचेतना, महिला स्वास्थ्य सेवा, र शारीरिक, मानसिक, बौद्धिक, तथा आध्यात्मिक विकास र सशक्तीकरणको लागि आत्महेरचाह प्रवर्द्धन गर्ने कार्यक्रमहरूको श्रृंखला हो।

२ हप्ता अगाडि

प्रतिक्रिया