ठप्प आइपिओ, चुपचाप अर्थमन्त्रालय

१ हप्ता अगाडि

काठमाडाैं - निकै चहलपहल भइरहने नेपाल धितोपत्र बोर्डमा  पछिल्लो समय सुनसान छ । कर्मचारी आउँछन, जान्छन् । यो श्रृङ्खला चलेको गत पुषदेखि हो । तत्कालीन बोर्डको अध्यक्षपदको कार्यअवधि सकिएपछी रमेश कुमार हमाल विदा भएपछि बोर्डमा चलपहल शून्य छ ।  

पुँजी बजार जस्तो नियामक निकायलाई बन्दी जस्तै बनिरहँदा त्यसको तालुकदार अर्थमन्त्रालय चुपचाप छ । पुषदेखि बोर्डमा अघि बढाइहाल्नुपर्ने फाइलको चाङ नै लागेको छ, अध्यक्षको हस्ताक्षरविदा कार्य अघि बढ्न सक्दैन बोर्डका एक अधिकारीले बताए । उनले भने,‘ अध्ययक्ष नभएपछि योजना रहेका काम हुन्छन्, आइपिओका अडिटदेखि अनेक हुन्छन् तर, अहीले फाइल नै अघि नबढेपछि कसले  गर्ने काम ।’ गत पुषदेखि सार्वजनिक निष्कासन आइपिओ आउन सकेको छैन ।करिब ३५ वटा कम्पनीको आइपिओ एउटा अध्ययन नतोकिँदा बन्धक जस्तै बनेको छ ।कम्पनीहरुको आइपिओ रोकिँदा तोकिएको मूल्यको बजार मूल्य अनुसार भ्यालु घट्दै जाने जोखिम हुन्छ । 

बजार मूल्य जहिल्यै पनि माग र आपूर्तीबीचको समन्वयमा हुने कुरा हो ।  चारवट कम्पनीहरु अंकित मूल्यभन्दा बढीमा आउन खोजेका छन् । त्यसमध्ये बुक विल्डीङ विधि मार्फत आउन लागेको रिलायन्स स्पेनिङको कम्पनीलाई घर न घाटको बनाएको छ । संस्थागत लगानीकर्ताहरुलाई पहिलो चरणामा आइपिओनिष्कसन गरिसकेके कम्पनीले अहिले अनुमति नपाउँछदा जारी हुन सकेको छैन । 

अर्थमन्त्रीले अध्यक्षको पक्रिया अन्तिम चरणमा आएर रोकेका छन् । अमेरिका भ्रमण सकेकर स्वदेश फकिएका अर्थमन्त्री वर्षमान पुनले अझै केही समय यो पक्रिया अघि बढाउने संम्भवना छैन। बजेट ल्याउनुपर्ने, मन्त्रालयस्तर छलफल बढाउनुपर्ने लगायत कामको चाप छ । तर,पाँच जनाको नाम छनोटमा परेको पक्रियालाई रोकेर अनेक प्रपञ्चको रच्नुले तत्काल बोर्डले अध्यक्ष पाउने छाट छैन । यस अघि दुईमहिना बन्धक बनेको थियो ।यसपटक अझै लम्बिन सक्ने जानकारहरु बताउँछन् । 

धितोपत्र बोर्डका हालै केही ऐन संशोधनले बोर्डले सदस्यलाई अध्यक्षको  जिम्मेवारी नदिएको होइन । हाल बोर्ड सदस्य समेत रहेका रितेश शाक्य, अध्यक्षको हैसियतलेबोर्डमा समेत पाइला राखेका छैनन । बजेट लेखन जिम्मेवारीको कोर टिममा रहेका उनलाई बोर्डमा जाने सक्ने फुर्सद पनि कहाँ रह्यो र ।
 

१ हप्ता अगाडि

प्रतिक्रिया