हुण्डी कारोबारीमा संलग्न २ जना पक्राउ

१ हप्ता अगाडि

काठमाडौँ- हुण्डी कारोबारीमा संलग्न रहेको अभियोगमा २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा बारा कलैया उपमहानगरपालिका–२३ बस्ने ३८ वर्षीय अर्जुन राउत कुर्मी र पर्सा विन्दवासिनी गाउँपालिका–३ बस्ने ४३ वर्षीय अजय कुमार साह छन् ।

वडा प्रहरी कार्यालय विर्ताबाट खटिएको प्रहरीले पर्सा वीरगन्ज महानगरपालिका–६ रूङटा कम्लेक्स मार्केटभित्र रहेको माँ जगदम्बा मनि ट्रान्सफरमा अर्जुनलाई स्रोत नखुलेको नगद २२ लाख ५ हजार ७ सय रूपैयाँसहित फेला पारी उक्त कार्यमा संलग्न मनि ट्रान्सफरका संचालक अजय कुमार समेतलाई पक्राउ गरेको हो । उनीहरू उपर बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरुद्धको कसूरमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

१ हप्ता अगाडि

प्रतिक्रिया