रूसी सेनामा भर्ना भएका नेपालीहरुलाई फिर्ता गर्न रसियन दूतावास अगाडि धर्ना

१ हप्ता अगाडि

काठमाडौँ- रूसी सेनामा भर्ना भएका नेपालीहरुलाई फिर्ता गर्न र मृतकहरूको शव नेपाल ल्याइदिन माग गर्दै पीडित परिवारले धर्ना दिएका छन्।

बालुवाटारस्थित नेपालका लागि रुसी राजदूतावास परिसरमा आफन्तहरूले धर्ना दिएका हुन्।
नेपालीहरूलाई फिर्ता गर्न माग गर्दै आफन्तले आमरण अनसन सुरुको चौथो दिनमा धर्ना कार्यक्रम दूतावासअघि गरिएको अभियान प्रमुख कृतु भण्डारीले बताइन्।

वैशाख ७ गते आफन्तले माइतीघरमा सामूहिक अनसन सुरु गरेका थिए। वैशाख ६ गते रुसी सेनामा भर्ती भएका नेपालीको उद्धार माग गर्दै प्रदर्शन गर्नेलाई प्रहरीले पक्राउ गरेको थियो। रुसी सेनामा भर्ना भई घाइतेको उद्धार र मृत्यु भएकाहरुको शव फिर्ता लिएर ल्याउन युवाहरूले सिंहदरबारअघि प्रदर्शन गरेका थिए।

प्रदर्शन सिंहदरबार दक्षिण गेट अगाडि पुगेपछि प्रहरीले ११ जनालाई पक्राउ गरेको थियो। रुसी सेनामा भर्ती भएर मृत्यु हुने नेपालीको संख्या ३३ पुगेको जानकारी परराष्ट्र मन्त्रालयले दिएको छ। तर कति नेपाली रुसी सेनामा भर्ना भएका छन् र कति घाइते छन् भन्ने तथ्यांक मन्त्रालयसँग पनि छैन। पछिल्लो समय रुसले विश्वभरका युवालाई सिधै सेनामा भर्ती गरेर युद्धमैदानमा पठाउँदै आएको छ। युक्रेनसँगको युद्धमा रुसका तर्फबाट मात्रै ५० हजार भन्दा बढी सैनिक मारिएको बीबीसीको अध्ययनले देखाएको छ।

१ हप्ता अगाडि

प्रतिक्रिया