बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु

२ हप्ता अगाडि

काठमाडौँ -  बाँदर धपाउन एकनाले भरुवा बन्दुक पड्काउने क्रममा बन्दुकको नाल फुटेर बारुदको छर्रा लाग्दा हिलिहाङ गाउँपालिका- ४ सिबुवा बस्ने ५१ वर्षीय मन कुमार सिगुको गएराति मृत्यु भएको छ । 

खेतबारीमा मकै रोपेको स्थानमा बाँदर धपाउन बन्दुक पड्काउँदा छर्रा लागेर गम्भीर भएका मन कुमारको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । भरुवा बन्दुक नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


 

२ हप्ता अगाडि

प्रतिक्रिया