जुवातास खेलिरहेको अवस्थामा ४ जना पक्राउ

१ हप्ता अगाडि

काठमाडौँ-  पोखरामा स्टार कार वासको छाप्रोमा जुवातास खेलिरहेको अवस्थामा ४ जना पक्राउ परेका छन् । पोखरा महानगरपालिका–१७ बिरौटाबाट सोही ठाउँ बस्ने ३८ वर्षीय भीमबहादुर बिकसमेत ४ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ४८ हजार ९५ रुपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

१ हप्ता अगाडि

प्रतिक्रिया