सिन्धुलीका एसपी हेडक्वाटर फिर्ता

१ हप्ता अगाडि

काठमाडौँ- जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपीलाई फिर्ता बोलाउने निर्णय गरिएको छ । उपप्रधान एवम् गृहमन्त्रीको निर्देशनअनुसार विनोद शर्मालाई प्रहरी प्रधान कार्यालयमा काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयका एक जना उच्च अधिकृतले  बताए ।

२०८० फागुन २ मा सिन्धुलीमा सरुवा भएका शर्मा दुई महिनामा नै सरुवा भएका छन् । यसअघि पनि गृहमन्त्रीको आदेशमा प्रहरी महानिरीक्षक वसन्त कुँवरले बारा, सर्लाही, धनुषा, रौतहट र बाँकेका एसपीलाई अवधि नपुग्दै हटाएका थिए । 

१ हप्ता अगाडि

प्रतिक्रिया