कालीमाटीमा बजारमा कागतीको भाउ बढ्यो, फर्सी र भान्टा सस्तीयो

१ हप्ता अगाडि

काठमाडाैं - कालीमाटी तरकारी बजारमा तरकारीको भाउ केही सस्तिएको छ ।  मंगलबार   कालिमाटी  तरकारी बजारमा विकास समितिले निर्धारण गरेको मूल्य सूचीमा अन्यदिनको तुलनामातरकारीको मूल्य केही सस्तिएको हो ।

 कालीमाटी तरकारी बजार विकास समितिका अनुसार गोलभेडाको प्रतिकेजी भारतीय गोलभेडाको मूल्य  ६५ रहेको छ भने लोकल गोलभेडाको मूल्य २३ रुपैयाँ रहेको छ । त्यस्तै, सुकेकोप्याजको किलोको ६८ रुपैयाँ रहेको छ ।

भान्टा लाम्चो २५ रुपैयाँ,फर्सि, ३५ रुपैयाँ, तोरीको साग ३५, त्यस्तै सर्वाधिक मूल्य कागतीको मूल्य प्रतिकिलो दुई सय ७५रुपैयाँ पुगेको छ । स्थानीय काउली, तने बोडीको मूल्य प्रतिकिलो  ४५ रुपैयाँदेखि १४० सम्म पुगेको विकास समितिले जनाएको छ ।   त्यस्तै, घिउसीमी, ७७,परवल १२५, तितेकरेला १२५, घिराैला ६५, भिण्डि ९६,कुरिलाे ३२५ रहेकाे छ ।

१ हप्ता अगाडि

प्रतिक्रिया