महिला आयोगमा महिलाकै द्वन्द्व

१ हप्ता अगाडि

काठमाडौं – राष्ट्रिय महिला आयोगमा अध्यक्ष कमला पराजुली र सदस्य कृष्णकुमारी पौडेल खतिवडाबीच बढेको द्वन्द्वले उग्र रुप लिन थालेको छ ।  तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका अध्यक्ष कमला पराजुलीलाई नियुक्ति भएकै दिनदेखि असफल पार्न हिँडेकी आयोगकी सदस्य कृष्णकुमारी पौडेल खतिवडाबीच अब भुत्लाभुत्ली हुन मात्र बाँकी छ । खतिवडालाई पनि ओलीले नै नियुक्त गरेका हुन् । तर, यी दुई बीचको सम्बन्धले महिला आयोगको काम नै प्रभावित हुने गरेको छ ।

समाचार स्रोतका अनुसार महिलालाई जबरजस्ती यौन हिंसामा निवेदन दिन लगाउने र त्यसै निवेदनको आधारमा पुरुषहरूसँग ‘बार्गेनिङ’ समेत हुँदै आएको छ । खतिवडाका कारण धेरै पुरुषहरू आयोगबाट प्रताडित हुँदै आएका धेरै छन् ।

सूत्र अगाडि भन्छ, आयोगमा परेको उजुरीको गम्भीर छानबिन गरी दण्डित गर्नुपर्ने भएमा मात्र कानुनी कारबाही गर्नुपर्नेमा खतिवडाले आयोगको निर्णयविनै आयोगको ‘लेटरप्याड’ दुरुपयोग गरेर जिल्ला प्रशासन कार्यालयमा पत्र पठाउने र प्रहरीलाई पक्राउ गर्न आदेश दिने गरेकी छिन् 

ओलीकै शैली पछ्याउँदै खतिवडाले नियुक्ति भएदेखि नै उदण्ड स्वभाव प्रदर्शन गर्ने गरेको कर्मचारीहरू बताउँछन । एमालेको कोटाबाट नियुक्ति भएकी खतिवडाको विषयमा एमाले पार्टीभित्रै पटक पटक कुरा उठेको छ । उनीभन्दा योग्य, इमान्दार महिला कार्यकर्ता सयौंको संख्यामा अनेमसंघमा भए पनि ओलीले खतिवडालाई नै रोज्नु परेको कारण एमाले कार्यकर्ताहरूले पनि बुझ्न सकेका छैनन् ।

खतिवडा कांग्रेसको कार्यकर्ता भए पनि एमालेको कोटामा नियुक्ति खाएकी छिन् । स्रोतका अनुसार पाँचथरका तत्कालीन प्रमुख जिल्ला अधिकारी रत्नकाजी बज्राचार्य, कांग्रेस नेता सुरेन्द्रकुमार दाहाल, पूर्वगृहराज्यमन्त्री दीपकप्रकाश बास्कोटा र तत्कालीन पाँचथर क्याम्पस प्रमुख गोविन्द गुरागाईको आशीर्वाद पाएर कांग्रेसको कोटामा उनी महिला स्वरोजगार कार्यक्रमको पाँचथर प्रमुख भएकी थिएन ।


 

१ हप्ता अगाडि

प्रतिक्रिया