कतारी राजाको स्वागतमा गेट तयार

मंगलबार, ११ बैशाख २०८१, १२ : २४

काठमाडौं - कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले आजअपरान्ह काठमाडौं आइपुग्ने भएका छन्।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणमा नेपाल भ्रमणमा आउन लागेका कतारका अमिर दुई दिनसम्म नेपालमा बस्ने कार्यतालिका रहेको छ। बंगलादेशको राजधानी ढाकाबाट उनी विशेष विमान र अन्य दुई ठूला विमानगरि काठमाडौं आउने बताइएको छ।

Capture

मंगलबार, ११ बैशाख २०८१, १२ : २४

प्रतिक्रिया