कतारी राजाको डिनर सोल्टीमा, लन्च द्वारिकामा

१ हप्ता अगाडि

काठमाडौँ - कतारका अमिर शेख तमिम बिन हमाद अल थानी मंगलबार साढे चार बजे नेपाल आइपुग्ने कार्यक्रम छ ।

हाल बङ्गलादेशको भ्रमणमा रहेका अमिर त्यहीबाट काठमाडौँ अवतरण हुन लागेका हुन् ।  अमिरले नेपाल आएलगत्तै साँझ राष्ट्रपति रामचन्द्र पौडेलसँग उनको निवासमा भेटघाट गर्ने कार्यक्रम रहेको छ । परराष्ट्र मन्त्रालयका अनुसार राष्ट्रपति पौडेलसँग भेटघाट गरी अमिर शेख सोल्टी होटेल पुग्ने कार्यक्रम रहेको छ । सोल्टी होटेलमा विभिन्न भेटघाट हुनुका राष्ट्रपति पौडेलले उनको सम्मान रात्रिभोजको आयोजना गरेका छन् ।  

सो रात्रिभोजमा नेपालका मन्त्री, नेता, व्यापारीहरु पनि सहभागी हुने बताइएको छ । बुधवार १०ः३० बजे प्रधानमन्त्री प्रचण्डसँग द्वारिका होटेलमा भेटघाटको कार्यक्रम तय भएको छ । त्यहाँ दुई पक्षीय वार्ता हुनुको साथै केही सम्झौता पत्रमा हस्ताक्षर हुने पनि बताइएको छ । प्रधानमन्त्री प्रचण्डले अमिर शेखको नाममा त्यहाँ दिवा भोजको आयोजना गर्ने कार्यक्रम रहेको छ । अमिर शेख बुधवार साढे दुई बजे फर्किने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

१ हप्ता अगाडि

प्रतिक्रिया