ताइवानमा गएराति ८० बढी भूकम्पको धक्का

१ हप्ता अगाडि

काठमाडौँ - ताइवानमा गएराति ताइवानको पूर्वी तटीय क्षेत्रमा ८० भन्दा बढी भूकम्पको धक्का महसुस गरिएको छ । तीमध्ये सबैभन्दा बढी ६ दशमलव ३ र ६ रेक्टर स्केल मापन गरिएको थियो । 

यस भूकम्पले राजधानी ताइपेईका धेरै भवनहरू हल्लियो । भूकम्पको शक्तिशाली पराकम्पका कारण मानिसहरू निकै डराएका थिए । तर मानवीय क्षतिको कुनै खबर नआएको बताइएको छ । भूकम्पको केन्द्रविन्दु पूर्वी काउन्टी हुआलियनमा जमिनबाट ५।५ किलोमिटर तल रहेको मौसम विभागले जनाएको छ । भूकम्पबाट हुआलीएनमा दुईवटा भवन भूकम्पबाट क्षतिग्रस्त भएको र एउटा भवन भत्किएको बताइएको छ । जापान, चीन र फिलिपिन्समा पनि हल्का भूकम्पको धक्का महसुस गरिएको थियो । ताइवान दुई टेक्टोनिक प्लेटहरूको जंक्शन नजिकै छ । त्यसैले यहाँ प्रायः शक्तिशाली भूकम्पहरू गइरहन्छ । 


 

१ हप्ता अगाडि

प्रतिक्रिया