४३औं वार्षिकोत्सव एभरेष्ट होटलले मनायो

१ हप्ता अगाडि

काठमाडौं - द एभरेष्ट होटेल, काठमाडौंले आफ्नो स्थापनाको ४३औं वार्षिकोत्सव मनाएको छ । सो अवसरमा होटेल प्रशासनले निरन्तर ३५ वर्षसम्म होटेलमा काम गर्ने कर्मचारहिरुलाई ‘लङ् सर्भिस अनर’ बाट सम्मानित गरेको हो ।

यस्तै, बेष्ट पफर्मर्स कर्मचारीहरुलाई पनि अवार्ड प्रदान गरिएको होटेलले जनाएको छ । अति विशिष्ट आतिथ्यता र सेवाको कारण होटेल विश्वभरिका अतिथिहरुको लागि उत्कृष्ट गन्तव्य बनेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँग पनि नजिक भएकोले एभरेष्ट होटल विदेशी पर्यटकहरुको लागि पनि रोजाई बनेको छ । विशाल ब्याङक्वेट हल ९पिलरविहीन० भएको कारण पनि विवाह–गन्तव्यसहित विभिन्न कार्यशाला र गोष्ठीहरुको लागि पनि यो होटेल पहिलो रोजाई बनेको छ ।

१ हप्ता अगाडि

प्रतिक्रिया