प्रहरीको पेस्तोल हरायो

१ हप्ता अगाडि

काठमाडौँ - बारामा प्रहरीले बोकेको पेस्तोल हराएको छ। सोमबार राति अपरेसनमा क्रममा वरिष्ठ सई पुज्य बिसीले बोकेकको पेस्तोल हराएको हो।

लागु औषध अपरेसनमा पुज्य बिसीसहितको टोली खटिएको थियो। सो  क्रममा लागुऔषध गाँजासहित केही व्यक्ति समेत पक्राउ परेका थिए । सोही समयमा पेस्तोल हराएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ। वरिष्ठ सई बिसीले बोकेको १० राउण्ड गोली लोड भएको अटोमेटिक पेस्तोल हराएको हो । घटनाबारे बारा प्रहरीले अनुसन्धान अघि बढाएको छ ।


 

१ हप्ता अगाडि

प्रतिक्रिया