चेम्बर सल्लाहकार परिषदको अध्यक्षमा श्रेष्ठ चयन

१ हप्ता अगाडि

काठमाडौं - नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषदको अध्यक्षमा राजेशकाजी श्रेष्ठ चयन भएका छन् । चेम्बरका पूर्वअध्यक्ष समेत रहेका श्रेष्ठ सल्लाहकार परिषदको अध्यक्षमा चयन भएका हुन्  ।

परिषदले चेम्बरको संस्थागत विकास एवं व्यवसायीको क्षमता अभिवृद्धिका लागि सुझाव दिनेछ  । परिषदमा महेश कुमार अग्रवाल, सुरेन्द्रवीर मालाकार  सुरेशकुमार बस्नेत लगायत चेम्बर अभियानका अग्रजहरु हुन् । परिषदले सरकार र निजी क्षेत्रबीचको समन्वय, अन्तराष्ट्रिय सम्वन्ध विस्तार, उद्यमी एवं व्यवसायिक हकहित एवं निजी क्षेत्रको भूमिकालाई थप सशक्त पार्न समन्वय गर्ने चेम्बरद्धारा जारी विज्ञप्तिमा जनाईएको छ । पूर्वअध्यक्ष श्रेष्ठ चेम्बर अभियानमा ३ दशक देखि सक्रिय छन् । 
 

१ हप्ता अगाडि

प्रतिक्रिया