६६ वृद्धा बलात्कृत

१ हप्ता अगाडि

काठमाडौँ - ६६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना पुरुष पक्राउ परेका छन् । लिम्चुङबुङ गाउँपालिका- ४ लाकु बस्ने ५७ वर्षीय श्याम शेर राईलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । 

राईले ती महिलालाई ज्यान मार्ने धाकधम्की समेत दिई आइतबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय लिम्चुङबुङबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको जानकारी दिएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 


 

१ हप्ता अगाडि

प्रतिक्रिया