कतारका राजा राष्ट्रपति सँग भेटवार्ता गर्न शीतलनिवासमा

१ हप्ता अगाडि

काठमाडौं - कतारका अमिर शेख तमिम बिन हमाद अल थानी राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गर्न शीतलनिवास पुगेका छन् ।

दुईदिने नेपाल भ्रमणको सिलसिलामा उनी मंगलबार काठमाडौं आइपुगेका हुन् । उनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्ष ( VVIP) मा राष्ट्रपति पौडेलले स्वागत गरेका थिए । स्वागत गरेपछि राष्ट्रपति पौडेल शीतलनिवास फर्किएका थिए । उपराष्ट्रपति रामसहायप्रसाद यादवले कतारका अमिरलाई राष्ट्रिपति फर्केलगत्तै भीभीआईपी कक्षको लविमा भेट गरेका थिए । 

त्यसपछि विमानस्थलबाट कतारका अमिर अल थानी सिधैँ राष्ट्रपतिलाई भेट्न शीतलनिवास गएका हुन् । नेपाल र कतारबीच सन् १९७७ जनवरी २१ मा कूटनीतिक सम्बन्ध स्थापना भएपछि कतारबाट नेपालमा भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो । राष्ट्रपतिसँग भेटवार्ता सकेपछि कतारका अमिर शीतल निवासबाट सिधैँ आफू बस्ने होटेल सोल्टी जानेछन् । राष्ट्रपति पौडेलले आजै साँझ होटेल सोल्टीमा कतारका अमिरको सम्मानमा रात्रिभोजको आयोजना गर्नेछन् । 
 

१ हप्ता अगाडि

प्रतिक्रिया