तनेबोडी र घिउसिमीको मूल्य उच्च, हरियो फर्सी र भान्डा सस्तो

१ हप्ता अगाडि

काठमाडाैं-  कालीमाटी तरकारी बजारमा तनेबोडी घिउसीमीको मूल्य अझै घट्न सकेको छैन । बुृधबार कालीमाटी तरकारी बजार विकास समितिले निर्धारण गरेको मूल्यमा तनेबोडीको मूल्य प्रतिकिलो १३८ रुपैयाँ पुगेको छ भने घिउसीमीको ९५ रहेको छ ।

त्यस्तै,भान्टाको प्रतिकिलो ३०रुपैयाँमै एक झोला लिन सकिन्छ । विस्तारै सिजन हराउँदै गएको मोटर कोशाको मूल्य प्रतिकिलो ८५रुपैयाँ पुगेको छभने टोटेसीमी  १२५ रहेको छ । तितोकरेला ६५, भिण्डी १०५ रुपैयाँ प्रतिकिलो रहेको छ । स्कुश ६५, रुखकटर ६५, काक्रो लोकल ६० रहेको छ  । त्यस्तै हिजोको तुलनाम कागतीको मूल्य १०  रुपैयाँले घटेको छ । अघिल्लो दिन दुई सय ७०रुपैयाँ रहेको कागती आजको २६० रुपैयाँमा आइपुगेको छ ।

१ हप्ता अगाडि

प्रतिक्रिया