बिहे घरमा आगलागी हुँदा छ लाखको क्षति

१ हप्ता अगाडि

सर्लाही - बरहथवा सर्लाहीको बलरा नगरपालिकास्थित मिर्जापुरको बिहे घरमा आगलागी हुँदा  छ लाखको क्षति हुनुका साथै दुई जना घाइते भएका छन् । बलरा नगरपालिका–६, मिर्जापुरका रामचन्द्र महतोको खपडाले छाएको घरमा गएराति आगलागी हुँदा उक्त क्षति भएको हो । आगलागीबाट छोरीको विवाहका लागि राखिएका लत्ता कपडालगायत सामग्री जल्दा  छ लाख बराबरको क्षति भएको जिल्ला प्रहरीका प्रवक्ता दीपक श्रेष्ठले जानकारी दिए । 

बिजुलीको तार सर्ट भएर आगलागी भएको हो ।  घरमा आगो लागेपछि सामान निकाल्न खोज्दा घरधनी महतोसहित दुई जना  घाइते भएका हुन् । घाइतेको दुवै हात र खुट्टा जलेका प्रहरीले जनाएको हो । अर्का स्थानीय २३ वर्षीयका राज मङ्गलको दाहिने हात जलेको छ । उनीहरुको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । 


 

१ हप्ता अगाडि

प्रतिक्रिया