सुमो दुर्घटना हुँदा १० जना घाइते, तीनजनाको अवस्था गम्भीर

१ हप्ता अगाडि

काठमाडौँ- काभ्रेमा सुमो दुर्घटना हुँदा १० जना घाइते भएका छन्। चौँरीदेउराली गाउँपालिकाको कात्तिके देउरालीबाट बनेपातर्फ जाँदै गरेको ना १ ज ६२९१ नम्बरको टाटासुमो भुम्लु गाउँपालिका– ५ मुलाबारीमा दुर्घटना भएको हो। 

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठका अनुसार आज बिहान भएको उक्त दुर्घटनामा परी चालकसहित ८ जना महिला र २ जना पुरुष गरी १० जना घाइते भएका छन् । ३ जना महिलाको अवस्था गम्भीर रहेको बताइएको छ।

प्रहरीका अनुसार घाइतेहरुको धुलिखेल अस्पतालमा उपचार भैरहेको छ। घाइते हुनेमा चालक चौँरीदेउराली गाउँपालिका( ९ का ४० वर्षीय श्यामकुमार लामा, सिन्धुपाल्चोक मेलम्ची नगरपालिका- ९ का ६८ वर्षीया सुन्तली खड्का, सोही ठाउँ बस्ने ४० वर्षीया अप्सरा कार्की, ४२ वर्षीया सीता पन्थ, पाचँपोखरी गाउँपालिका- ८ बस्ने ७० वर्षीया मानकुमारी खड्का, सिन्धुली मरिण बस्ने ५५ वर्षीया मनमाया माझी, काभ्रे चौँरीदेउराली गाउँपालिका- ६ बस्ने ४१ वर्षीय रामबहादुर माझी, चौँरीदेउराली गाउँपालिका- ९ बस्ने ५० वर्षीया राममाया लामा र काभ्रे तेमाल गाउँपालिका( ७ बस्ने ३२ वर्षीया सुनमाया लामा रहेका छन्। घाइतेहरुको प्राथमिक स्वास्थ्य केन्द्र कोलातीमा प्राथमिक उपचारपछि थप उपचारका लागि धुलिखेल अस्पताल रेफर गरिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार सुमो अनियन्त्रित भई सडकबाट करिब ३०–३५ मिटर तल खसेको छ।

१ हप्ता अगाडि

प्रतिक्रिया