मदरसा टोलमा भीषण आगलागी, निभाउने प्रयास जारी

१ हप्ता अगाडि

काठमाडौँ-  महोत्तरीको मठिहानी नगरपालिका–६ मा भीषण आगलागी भएको छ ।

मदरसा टोलमा बुधबार दिउँसो १ बजे सल्केको आगोबाट अहिलेसम्म १०० भन्दा बढी घर जलेर नष्ट भएको छ ।

त्यहाँ १० वटा बारुणयन्त्र, ३०० भन्दा बढी सुरक्षाकर्मी परिचालन भएको छ । आगो नियन्त्रणको प्रयास भइरहेको महोत्तरीका डीएसपी सन्तुलाल जयसवारले बताए ।

१ हप्ता अगाडि

प्रतिक्रिया