प्युठानमा आगलागीका घटना ७५

१ हप्ता अगाडि

काठमाडौँ - सुक्खायाम सुरु भएसँगै प्युठानमा  आगलागीका ७५ घटना भएको छ ।प्युठान प्रहरी प्रमुख (डिएसपी) ईश्वर थापाले हालसम्म आगलागीका कारण ३५ घर र ६८ वटा गोठ जलेर नष्ट भएको बताएका छन्  ।

उनका अनुसार ५९ वनमा आगलागी भएको छ भने ९६ पशु चौपायाको जल्दा १९ चौपाया घाइते भएका छन् । त्यस्तै, आगलागीबाट ६९ पंक्षी जलेर नष्ट भएको प्रहरीद्वारा जारी तथ्याङ्कमा उल्लेख छ । जिल्लाका स्थानीय जङ्गलमा लागेको डढेलो नियन्त्रण बाहिर गएर मानव बस्तीमा समेत आगलागी हुने गरेको छ । बर्सेनि आगलागी र डढेलोबाट आर्थिक र पर्यावरणीय क्षति बढ्दै गए पनि रोकथामका लागि स्थानीय सरकार र वन कार्यालयले पर्याप्त र प्रभावकारी पूर्वतयारी गरेको देखिँदैन । उद्यपी आगलागी नियन्त्रणमा भने प्रहरीले सक्रियता बढाएको छ । डढेलोसँगै त्यसबाट हुने जनधनको क्षति न्यूनीकरणका लागि मातहातका प्रहरी चौकी र एकाई मार्फत प्रहरी परिचालन हुने व्यवस्था मिलाइएको डिएसपी थापाले जानकारी दिए । 

१ हप्ता अगाडि

प्रतिक्रिया