चन्द्रागिरिमा सुमो दुर्घटना

१ हप्ता अगाडि

काठमाडौँ - काठमाडौँको चन्द्रागिरि नगरपालिका वडा नम्बर ४ मा सुमो दुर्घटनाग्रस्त भएको छ। रोकिराखेको गाडी एकाएक ब्याक भएर सडकबाट खसेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

 प्रहरीका अनुसार चित्लाङतर्फ जाँदै गरेको गाडी तातेपछि चालकले रोकेर सबै यात्रुलाई बाहिर निकालेका थिए । उकालो ठाउँमा रहेको गाडी केहीबेरमा ब्याक हुँदै भीरबाट तल खसेको हो ।बिहीबार बिहान ९ बजेतिर भएको ना १ ज ६२६१ नम्बरको उक्त दुर्घटनाबाट कुनै मानवीय क्षति नभए पनि सुमो क्षतिग्रस्त बनेको प्रहरीले जनाएको छ । 


 

१ हप्ता अगाडि

प्रतिक्रिया