१३ वटा मुद्दा लागेका ‘डाँका’ पक्राउ

१ हप्ता अगाडि

काठमाडौँ - कास्कीको पोखराबाट प्रहरीले अटोमेटिक पेस्तोलसहित एकजना खुँखार डाँकालाई पक्राउ परेको छ । पक्राउ पर्नेमा पोखरा महानगरपालिका–१८ स्थित सराङकोट घर भएका ३८ वर्षीय राजु विक भनिने नरबहादुर विक छन् ।

उनको साथबाट ९–एमएमको अटोमेटिक पेस्तोल १ थान र गोली बरामद गरिएको कास्कीका एसपी मोहन थापाले बताए । पोखरा–२४ स्थित बाँस्कोटमा निर्माणाधीन घरमा लुकाएर राखेको अवस्थामा वडा प्रहरी कार्यालय बैदामको टोलीले पेस्तोल बरामद गरेको हो । पोखरामा डाँका चोरी र लुटपाटमा संलग्न आरोपी नरबहादुरलाई १३ वटा मुद्दा लागेको भेटिएको छ ।

लागुऔषध,चोरी,डाँका,लुटपाट र अभद्र व्यवहार सहित उनी विरुद्ध प्रहरीले यसअघि १३ वटा मुद्दामा अनुसन्धान गरेको प्रहरीको अपराध तथ्याङ्क रेकर्डमा भेटिएको छ । २०६२ सालदेखि नै उनी अपराधमा संलग्न रहेको एसपी थापाले जानकारी दिए । 


 

१ हप्ता अगाडि

प्रतिक्रिया