न्युरोडबाट सुन र रकम बरामद

१ हप्ता अगाडि

काठमाडौँ - एक किलो सात सय ग्राम सुन र एक करोड रुपैयाँसहित पक्राउ परेका ७ जनालाई प्रहरीले सार्वजनिक गरेको छ । शुक्रवार पत्रकार सम्मेलन गर्दै प्रहरीले बिहीवार  पक्राउ परेका उनीहरूलाई सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा भारत महाराष्ट्रका ३७ वर्षीय अमोल विभुते, १८ वर्षीय ऋषिकेशप्रकाश विभुते र १८ वर्षीय गणेश सतिश बाल्टे छन् । यस्तै, झापाका ३० वर्षीय दिनेश खरेल, झापाकै २२ वर्षीय भरतराज खरेल, दार्चुलाका २१ वर्षीय आयुष बडू र  ४७ वर्षीय गणेशदत्त बडू छन् । पक्राउ परेका मध्ये एक जना ८८ किलो सुन तस्करीमा जोडिएका व्यक्ति रहेको प्रहरीले जनाएको छ।

१ हप्ता अगाडि

प्रतिक्रिया