मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

१ हप्ता अगाडि

काठमाडौँ - गोरखामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । चौध किलोमा ग १३ प ९३२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई सडकबाट खसेको हो । 

दुर्घटनामा सिरानचोकका ४५ वर्षीय अशोक गहतराजको मृत्यु भएको हो । गम्भीर घाइते उनको गोरखा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको गोरखा प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार उनकी श्रीमती सीता गहतराज घाइते छिन् । उनको अवस्था सामान्य छ ।

१ हप्ता अगाडि

प्रतिक्रिया