फेरियो बुलबुले तालको स्वरुप

१ हप्ता अगाडि

काठमाडौं – सुर्खेतको वीरेन्द्रनगरमा रहेको बुलबुले तालको बारेमा गीत कविता र गजल पनि लेखिए । तर तालको स्वरुप फेरिएको थिएन । तालको बारेमा सुन्दर कल्पना बोकेर गएका आन्तरिक पर्यटकहरु त्यहाँ पुगेपछि भने निराश हुने गर्दथे । ’सुर्खेत बुलबुल ताल मायाँ मै सानो हुनाले छुट्यो मायाँ जाल ‘ भन्ने गीतले ताललाई मात्र होइन सुर्खेतलाई नै चिनाएको थियो । तर तालको अवस्था भने फे.रिन सकेको थिएन । 
अहिले भने बुलबुले तालमा  मोटरबोटको परीक्षण सेवा सुरु भएको छ। बुलबुले ताल घुम्न जाने पर्यटकलाई थप सुविधा दिने उद्देश्यले बोटेबोरा कम्पनीले बुलबुल तालमा मोटरबोट सञ्चालनमा ल्याएको हो। फोहोर र जलकुम्भीले भरिएको उक्त तालको अस्तित्व नै मेटिने अवस्थामा पुगेको बेला नगर पालिकाले नेपालकै पहिलो र ठूलो मोटरबोट उत्पादक नेपाल सिप एन्ड बोट बिल्डिङ कम्पनी संझौता गरेर तालको सुन्दरता बढाउने काम गरेको छ । अहिले त्यहाँ  ११ सिटे दुई वटा फिस्टेल ब्रान्डका मोटरबोटमार्फत सेवा सुरु गरेको छ । 

वीरेन्द्रनगरपालिका नगर विकास समितिका सदस्य तथा बुलबुले ताल संरक्षण उपसमितिका संयोजक नवराज गुरुङले तालमा पानीको सतह कम भएपछि केही माथिपट्टी रहेको दसधाराबाट रातिको समयमा पानी ल्याउने तयारी भइरहेको बताए। त्यसका लागि नगरपालिकाले चार इन्चको एक सय ५० मिटर पाइप उपलब्ध गराउने विषयमा सहमति भइसकेको पनि उनले बताए ।‘
कम्पनीका अनुसार बुलबुले तालमा मोटरबोट चड्न रु दुई सय ५० तिर्नुपर्नेछ। उद्घाटन अवसरमा एक महिनाका लागि रु दुई सय निर्धारण गरिएको छ। उक्त शुल्कमा बुलबुले ताल चारपटक परिक्रमा गर्न पाइनेछ।

१ हप्ता अगाडि

प्रतिक्रिया