पोखरा अन्तर्राष्ट्रिय विमानस्थलआज पनि खुलेन

१ हप्ता अगाडि

काठमाडौँ - बाक्लो तुँवालोका कारण भिजिविलिटी नपुगेर पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आज पनि संचालनमा आउन सकेको छैन।  विमानस्थल नखुलेपछि यात्रुको आउजाउ रोकिएको छ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलकी महाप्रबन्धक नविना कर्माचार्यले भिजिविलिटी अपुग हुँदा उडान खुल्न नसकेको बताईन। उनका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको भिजिविलिटी एकहजार मिटर मात्र छ। पोखरामा जहाज आउन कम्तिमा ३७ सय मिटर भिजिविलिटी चाहिन्छ। पोखराबाट जहाज उड्नका लागि भने १६ सय मिटरको भिजिविलिटी भए पुग्छ।  

‘पर्याप्त भिजिविलिटी नभएपनि उडान खुल्न सकेको छैन। विहीबार राती पोखरामा बास बसेका २ वटा जहाज शुक्रबार बिहान उडेर काठमाडाडैं गएको बाहेक कुनै पनि जहाज पोखरा आउन सकेका छैनन,’ कर्माचार्यले भनिन, ‘पोखरामा रात्रीविसान गरेका दुइवटा जहाज शुक्रबार बिहान उडेर काठमाडौं गएका हुन। त्यसपछि काठमाडौंबाट कुनै पनि जहाज दिनभर पोखरा आउन सकेनन।’  

विमानस्थलको शुक्रकारको भिजिविलिटी २ हजार मिटर थियो। शनिबार झनै घटेर एकहजार मिटर मात्र रहेको छ। ‘उडान नभएपछि यात्रु व्यवस्थापन गर्न पनि समस्या परेको छ,’ उनले भनिन। तोकिएको समयमा उडान नभएपछि यात्रुले टिकट क्यान्सिल गरेर गाडीमा काठमाडौं गइरहेको उनले बताईन।  यतिबेला बुद्धले पोखरा–काठमाडौं रुटमा दिनमा १७ वटा उडान गरिरहेको छ। त्यस्तै बुद्धले नै पोखराबाट भरतपुर, भैरहवा र नेपालगञ्ज पनि उडान गर्दै आएको छ। अर्को हवाई कम्पनि यती एयरलाईन्सले पनि पोखरा–काठमाडौं रुटमा १० वटा उडान गर्दै आएको छ।  


 

१ हप्ता अगाडि

प्रतिक्रिया