लगानीकर्ताको सुरक्षाको माग गर्दै सेयरधनीहरुले सरकारविरुद्ध प्रदर्शन

१ हप्ता अगाडि

काठमाडौँ - पुँजी बजार सङ्घर्ष समितिको आह्वानमा शनिवार काठमाडौँको माइतीघर मण्डलामा पुँजी बजारमा स्वदेशी लगानीकर्ताको सुरक्षाको माग गर्दै सेयरधनीहरुले सरकारविरुद्ध प्रदर्शन गरेका छन् । 

पुँजी बजारमा खर्बौँको स्वदेशी लगानी डुबिराख्दा पनि सरकारले वास्ता नगरेकाले त्यसको विरोधमा सङ्घर्ष गर्नुपरेको नेपाल सेयरधनी संघका महासचिव सुरक्षा खडकाले बताए । उनले स्वदेशी लगानीकर्ताहरू मारमा परेका बेला सरकारले नेपालमा लगानी सम्मेलन आयोजना गरेर हास्यास्पद काम गरेको जिकिर पनि गरेका हुन् । महासचिव खडकाले भने, ‘स्वदेशी लगानीको संरक्षण गर, होइन भने स्टक मार्केट बन्द गर भन्ने नाराका साथ हामीले आजबाट शान्तिपूर्ण रूपमा आन्दोलन सुरु गरेका छौँ । हामीले मोटरसाइकल र्‍याली पनि आयोजना गर्नेछौँ । राष्ट्र बैंकको नीति, जुन ३ वर्ष अघि लिएको थियो ।

त्यसले धेरै लगानीकर्ताहरूको खर्बौँ रकम डुबिसकेको अवस्था छ । अनि उसको त्यो खराब नीतिको कारणले जुन सङ्कटको बेला लिएको नीति थियो । तर त्यो नीति तरलता सहज हुँदा पनि लिइराख्नु हामी लगानीकर्ताहरूलाई ठुलो मारमा पारी राख्नु हो । अनि, स्वदेशी लगानीकर्ताहरूलाई मारेर, स्वदेशी लगानीकर्ताहरूलाई रुवाएर विदेशी लगानीकर्ताहरूलाई लगानी गर्न आऊ भनेर जुन सम्मेलन गर्दैछ । त्यो चाहिँ एकदमै हास्यास्पद कुरा छ । त्यो जुन अहिले अर्थ मन्त्रालयले लगानी सम्मेलन गर्दैछ ।

स्वदेशी लगानीकर्ताहरू यहाँ रोइराखेका छन् । स्वदेशी लगानीकर्ताहरूको सुरक्षा छैन । स्वदेशी लगानीकर्ताहरू यहाँ लगानीको वातावरण नदेखेर विदेश पलायन भइराखेका छन् । यो सरकारको नीति के हो ? उनीहरूले पुँजी बजार सुधारका लागि आवश्यक नीति, नियम, प्रविधि, पूर्वाधारको तत्काल व्यवस्था गर्न पनि सरकारलाई दबाब दिएका छन् । पुँजी बजारमा स्वदेशी लगानीकर्ताहरूको उद्धार गर्न सरकारलाई दबाब दिन सडक सङ्घर्ष पुनः सुरु परेको अर्को सेयरधनी तिलक कोइरालाले बताए ।


 

१ हप्ता अगाडि

प्रतिक्रिया