लागु औषध सहित दुई जना पक्राउ

१ हप्ता अगाडि

काठमाडौँ - अवैध लागु औषध गाँजा करिब ६८ किलोसहित सुनसरी धरान उपमहानगरपालिका- १७ बस्ने ३० वर्षीय सुरज थापा र धरान उपमहानगरपालिका- ३ बस्ने ४० वर्षीय नारायण श्रेष्ठलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।


प्रहरी चौकी मुलघाटबाट खटिएको प्रहरीले साँगुरिगढी गाउँपालिका- ७ धनकुटा हुक्काबासमा बाग्मती प्रदेश ०१-०२५ च ४६७७ नम्बरको कारलाई जाँच गर्न रोक्न खोज्दा कार नरोकी कारबाट केही सामान फालेर भागेकोमा सामान तलासी गर्दा उक्त परिमाणको गाँजा फेला परेको थियो । उक्त कारको खोजी गर्ने क्रममा इलाका प्रहरी कार्यालय भेडेटारबाट खटिएको प्रहरीले साँगुरिगढी गाउँपालिका- ६ स्थित होटल माउन्ट एभरेस्टमा फेला पारी कार चालक सुरज र कारमा सवार नारायणलाई पक्राउ गरेको हो ।
 

१ हप्ता अगाडि

प्रतिक्रिया