१९ गतेदेखि चीनले नेपालीसँग भिसा शुल्क नलिने

१ हप्ता अगाडि

काठमाडौँ - चीनले नेपालीसँग वैशाख १९ गतेदेखि भिसा शुल्क नलिने भएको छ । चिनियाँ दूतावासले आज सूचना निकालेर चीन जानका लागि आवेदन दिने नेपालीसँग चीनले भिसा शुल्क नलिने निर्णय गरेको जानकारी गराएको हो ।

भिसा शुल्क नलिए पनि 'एक्सप्रेस फी' र 'सर्भिस फी' भने लिने दूतावासको सूचनामा उल्लेख छ । नेपालका लागि चीनका राजदूत छन सोङले ट्वीट गर्दै नेपाल र चीनबीचको मैत्री सम्बन्धलाई प्रवर्द्धन गर्न र नेपाल र चीनबीच व्यक्तिगत आवतजावतलाई थप सहज बनाउन भिसा शुल्क नलिने निर्णय गरेको बताएका छन् ।

१ हप्ता अगाडि

प्रतिक्रिया