हत्या आरोपमा सौतेनी छोरी पक्राउ

१ हप्ता अगाडि

काठमाडौँ - जुम्ला पातारासि गाउँपालिका- ३ का ५६ वर्षीय सुवा महतरातको हत्या आरोपमा उनको २६ वर्षीया सौतेनी छोरी हाँसु ऐडी पक्राउ परेकी छिन्। 

उनलाई अस्थायी प्रहरी पोष्ट तल्फि र प्रहरी चौकी डिल्लिचौरबाट खटिएको टोलीले सनिवार दिउँसो पक्राउ गरेको हो । पातारासि गाउँपालिका- १ घर भइ माइतीघर आएकी उनले ढिकीको मुसलले हान्दा महताराको मृत्यु भएको हो। उक्त खबर प्राप्त भएसँग उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस घटनामा प्रहरीले थप अनुसन्धान गरिरहेको छ। 

 
 

१ हप्ता अगाडि

प्रतिक्रिया